चितवनमा उपचारका क्रममा थप एक कोरोना सङ्क्रमितको मृत्यु

Spread the love

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो । त्यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

२०७७ भाद्र २१, आईतवार ०५:०२
Spread the loveकाठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । […]