बिहीबारसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सूचना जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले राजश्व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ३ दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।

सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

२०७७ भाद्र २२, सोमबार १६:१६
Spread the loveकाठमाडौं। अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट […]