आर्थिक अभाव देखाउँदै न्याम्सका स्वास्थ्यकर्मी तलब सुविधाबाट वञ्चित

Spread the love

काठमाडौं । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरु तलबसुविधाबाट बञ्चित भएका छन् । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले आर्थिक अभावलाई देखाउँदै प्रतिष्ठान अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलबसुविधा नपाएको जानकारी गराएकी हुन् ।

मंगलबार बसेको शिक्षासमिति अन्तर्गतको उपसमिति बैठकमा उनले निरन्तर सेवामा जुटिरहँदा पनि आर्थिक अभावका कारण कुनै सुविधा उपलव्ध हुन नसकेको गुनासो गरिन् । वीरमा कार्यरत सरकारी कर्मचारीहरुलाई सरकारले तलव पठाएको र अन्यलाई भने अस्पतालमा आम्दानी नभएकाले तलव खुवाउन नसकेको जवाफ आएको उनको भनाई छ ।

त्यस्तै अस्पतालमा कार्यरत नर्सहरुलाई पनि मनोवल गिराउने काम अस्पतालकै चिकित्सकबाट भएको गुनासो आएको उनले बताइन् । हाल प्रतिष्ठान अन्तर्गत ४ सय भन्दा बढी कर्मचारीहरु वीर अस्पतालमा कार्यरत छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनद्वारा दरबार हाइस्कूलको भवन व्यवस्थापनलाई हस्तान्तरण

२०७७ भाद्र २३, मंगलवार १३:०५
Spread the loveकाठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो […]