कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्रीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान दिन आग्रह गरे ।

उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीले आमन्त्रित गरेर सल्लाह सुझाव लिएकोमा धन्यवाद दिएका थिए ।

प्रधानमन्त्रीले भने, ‘कोभिड १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लद्दाखको सीमा क्षेत्रमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप

२०७७ भाद्र २३, मंगलवार ०८:५०
Spread the loveलद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ । बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ । उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए […]

समाचार छुट्याे की?