• Thu. Oct 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सहकारीको ५ करोड भन्दा बढी रकम ठगी गरी फरार रहेका अभियुक्त पक्राउ

ByHT

Sep 8, 2020
Spread the love

काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको हरहिसाव नबुझाई फरार रहेका प्रवन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ । उनलाई ललितपुरको धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएकोमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *