कोरोना सङ्क्रमणबाट भरतपुरका ६२ वर्षीय पुरुषको मृत्यु

Spread the love

चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहीबार मध्यान्ह उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक/एक जना रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

२०७७ भाद्र २५, बिहीबार ०९:५४
Spread the loveकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा […]