अमेरिकामा डडेलोका कारण आठ जनाको मृत्यु, लाखौं प्रभावित

Spread the love

संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् भने दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।

अधिकारीहरूले डढेलोका कारण मृत्यु भएका व्यक्तिको एकीन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् ।

उपनगरीय इलाका तथा ओरेगोनको अति घना वस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।

डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ भने करिब पाँचलाख व्यक्तिलाई सुरक्षित स्थलमा सानुपर्ने सम्भावना रहेको भन्दै सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु

२०७७ भाद्र २७, शनिबार १५:२९
Spread the loveप्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् […]