बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

Spread the love

काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिन्धुपाल्चोकको घुम्थाङ र भीरखर्कमा ठूलो पहिरो

२०७७ भाद्र २७, शनिबार १६:०१
Spread the loveसिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ […]