Spread the love
काठमाडौं । ललितपुरका दुई अस्पतालमा गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः४५ बजे र भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान दुई बजे मृत्यु भएको हो ।
यसैगरी भदौ २६ गतेदेखि मेघा अस्पताल, ललितपुरमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।