विश्वमा कोरोना संक्रमणबाट ९ लाख १९ हजार भन्दा बढीको मृत्यु

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख १९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १९ हजार ५ सय ७७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ४ हजार १ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ४९ हजार ५ सय भन्दा धेरै भएको छ । संक्रमितमध्ये २ करोड ५ लाख ७४ हजार २ सय भन्दा बढी निको भएका छन् भने अहिले विश्वमा ७१ लाख ५५ हजार ६ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६६ लाख ३६ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ९७ हजार ४ सय बढीको मृत्यु भएको छ भने ३९ लाख १७ हजार ९ सय भन्दा बढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ४६ लाख ५७ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ७ पुगेको छ । संक्रमितमध्ये ३६ लाख २१ हजार ४ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४२ लाख ८३ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३० हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३५ लाख ३० हजार ६ सय भन्दाबढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देही र स्याङ्जाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र २७, शनिबार ०३:३४
Spread the loveबुटवल । रुपन्देही र स्याङ्जाका गरी थप दुई कोरोना संक्रसमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुषको शुक्रवार राति मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. […]