थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४८३, भक्तपुुरमा ८१ र ललितपुरमा थप ३३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ९,१६५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५३६ जना रहेका छन् । आइसोलेसनमा १५,११७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइतबार थप १,१७३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ३८,६०० पुगेको छ । आइसियूमा १६९ र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र ६ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

२०७७ भाद्र २८, आईतवार १०:५५
Spread the loveकाठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि […]