पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

Spread the love

काठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५,५०० रुपैयाँ तोकेको थियो भने त्यसपछि घटाएर ४ हजार रुपैयाँ बनाएको थियो ।

त्यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी  दिए ।

हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले एम्वुलेम्सलाई बिरामी बोक्ने बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा दर्ता खारेज गरिने निर्णय भएको जानकारी दिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विदेशमा अलपत्र परेका नेपालीको एक महिनाभित्र उद्धार गरिसक्न संसदीय समितिको निर्देशन

२०७७ भाद्र २८, आईतवार ११:३१
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले अलपत्र अवस्थामा रहेका श्रमिकलाई कम्तिमा एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अलपत्र अवस्थामा […]