भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना

Spread the love

भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ मा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो ।

त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन् । संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिन्धुपाल्चोकका वस्ती स्थानान्तरण गर्न कांग्रेसको सुझाव

२०७७ भाद्र २८, आईतवार ०९:१३
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल […]

समाचार छुट्याे की?