सिन्धुपाल्चोकको घुम्थाङ र भीरखर्कमा ठूलो पहिरो

Spread the love

सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ आफूहरु जाँदै गरेको शेर्पाले बताएका छन् । त्यस्तै पहिरोले घुम्थाङको नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको बताइएको छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।
तस्बिर : बजीर भण्डारी

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट २४३ गैरआवासीय नेपालीको मृत्यु

२०७७ भाद्र २८, आईतवार ०२:५६
Spread the loveकाठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । गत मार्च महिनायता साउदी अरबमा […]

समाचार छुट्याे की?