चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

Spread the love

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउन गर्ने निर्णयप्रति विरोध जनाउँदै इजरायलका आवास मामिला मन्त्रीद्वारा राजीनामा

२०७७ भाद्र २९, सोमबार ०३:०८
Spread the loveकोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरायल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ । आगामी शुक्रवारदेखि शुरू हुने दोस्रो चरणको लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ । प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् । तर देशमा दैनिक […]

समाचार छुट्याे की?