• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ११७० जनामा कोरोना संक्रमण

ByHT

Sep 14, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,८७८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,८९२ जना रहेका छन् । आइसोलेसनमा १५,३९३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै सोमबार थप ८७९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३९,५७६ पुगेको मन्त्रालयले जनाएको छ ।

आइसियूमा १७९ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ । त्यस्तै १० पुरुष र ५ महिला गरी थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *