वामदेवलाई राष्ट्रियसभाको सदस्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

Spread the love

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न नेताहरुलाई ओली-प्रचण्डको निर्देशन(पूर्णपाठसहित)

२०७७ भाद्र २९, सोमबार १६:०१
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न सर्कुलर गरेका हुन् । त्यस्तै अध्यक्षद्वय ले स्थायी कमिटीको […]