तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न नेताहरुलाई ओली-प्रचण्डको निर्देशन(पूर्णपाठसहित)

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न सर्कुलर गरेका हुन् ।

त्यस्तै अध्यक्षद्वय ले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने अठोटसमेत गरेका हुन् । पाँचौं स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले तहगत कमिटीहरूमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुन परिपालना गर्ने उद्घोष गरेका हुन् ।

उनीहरुले अन्ततः आफूहरु पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भइएको बताएका छन् ।

सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमी कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वका २ करोड ९४ लाख मानिसलाई कोरोना संक्रमण

२०७७ भाद्र ३०, मंगलवार ०३:०४
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड १२ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड १२ लाख ७५ हजार ५ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ […]

समाचार छुट्याे की?