काठमाडौं उपत्यकामा सवारीमा जोर विजोर कायमै

Spread the love

काठमाडौँ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर बिजोर प्रणाली कायमै राखेका छन् ।

तीनै जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ति जारी गरी निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहेको जानकारी गराएका हुन् । होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ३१, बुधबार १६:४३
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३० हजार नाघेको छ । गत डिसेम्बर अम्तिममा चीनको वुहानमा देखिएको कोरोना हाल २ सय १६ देशमा फैलिएको छ । विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ३ करोड ३० हजार ८ सय नाघेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये २ […]