थप १२४६ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललिपतुरमा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । तीन महिला र एक पुरुष गरी थप चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १०,६४१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७८८३ जना रहेका छन् । आइसोलेसनमा १६,२४१ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप १,२४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १८२ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउँछु: वामदेव गौतम

२०७७ आश्विन १, बिहीबार १०:४३
Spread the loveकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएका हुन् । सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन […]