• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

ByHT

Sep 17, 2020
Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३० हजार नाघेको छ । गत डिसेम्बर अम्तिममा चीनको वुहानमा देखिएको कोरोना हाल २ सय १६ देशमा फैलिएको छ ।

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ३ करोड ३० हजार ८ सय नाघेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये २ करोड १७ लाख ९७ हजार ९ सय भन्दाबढी निको भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर ९ लाख ४५ हजार भन्दाबढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार भन्दाबढी संक्रमण पुष्टि भएको छ भने ६ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ७२ लाख ८८ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार २ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६८ लाख २८ हजार ३ सय नाघेको छ । कोरोनाका कारण २ लाख १ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ भने ४१ लाख १९ हजार भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ हजार २ सय २३ पुगेको छ भने ४० लाख २२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा ४४ लाख २१ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् भने १ लाख ३४ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३७ लाख २० हजार भन्दाबढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *