राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउँछु: वामदेव गौतम

Spread the love

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएका हुन् ।

सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गरेकी थिइन् । सपथपछि अध्यक्ष तिमिल्सिनाले गौतमलाई सांसदको ब्याच लगाइदिएकी थिइन् ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताए । पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने उनले बताए ।

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भएपनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिरासतमा भएका मृत्युका घटना छानबिन गर्न संसदीय उपसमिति गठन

२०७७ आश्विन १, बिहीबार १२:१०
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले प्रहरी हिरासत भएकामा व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न उपसमिति गठन गरेको छ । बिहीबार बसेको समितिको बैठकले देशका विभिन्न प्रहरी हिरासतमा भएको मृत्युको विषयका सम्बन्धमा अध्ययनका लागि समिति बनाउने निर्णय गरेको हो । अध्ययनका लागि ५ सदस्यीय उपसमिति […]

समाचार छुट्याे की?