पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम

Spread the love

काठमाडौं । अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार संयुक्तरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई मागपत्र बुझाउँदै विद्यार्थी संगठने सात दिनभित्र उक्त व्यवस्था मिलाउन अल्टिमेटम दिएका छन् ।

माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । उनीहरुले विद्यालयबाट क्वारेन्टिन हटाएर कक्षा सञ्चालन र कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न माग गरेका छन् ।

लकडाउन र निषेधाज्ञाको समयमा अनलाइन कक्षाको नाममा अनियमित र गैरकानुनीरुपमा चर्को शुल्क असुलेका निजी विद्यालयहरुलाई कारबाही गर्नु पर्ने मागसमेत विद्यार्थीको छ । मागपत्र बुझेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जायज मागहरु पूरा गर्ने प्रयास गर्ने आश्वासन दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी पहिरोका कारण ४९ जिल्ला प्रभावित, ३१० जनाको मृत्यु

२०७७ आश्विन २, शुक्रबार १२:०४
Spread the loveकाठमाडौं । संसदको राज्य व्यवस्था समितिले बाढीपहिरोको उच्च जोखिममा रहेका वस्तीहरुको ६ महिनाभित्र पहिचान गरि भूउपयोग नीति अनुसार एकीकृत बस्ती बसाल्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले भौगर्भिक संरचनाको अध्ययन गरि बाढी पहिरो एवं प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका वस्तीहरुको ६ महिनाभित्र […]