कोरोना संक्रमणबाट विदेशमा २४४ नेपालीको निधन

Spread the love

कोरोना संक्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ ।

गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।

समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् । कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेरिसडाँडामा पहिलो पटक नेकपाको सचिवालय बैठक

२०७७ आश्विन ४, आईतवार ०७:३७
Spread the loveकाठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको […]