• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब/सुविधाको माग गर्दै इष्टुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

ByHT

Sep 20, 2020
Spread the love

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफूहरुको माग पुरा नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी इस्टुले असोज ९ गतेसम्म सबै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकाहरुमा पूनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र बुझाउने भएको छ ।

उसले अघि सारेका आन्दोलनका कार्यक्रमहरु असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने उल्लेख छ । कार्यक्रममा ईस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक/कर्मचारीहरूलाई अहिलेसम्मको खाईपाई आएको तलब/सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने माग गरे । त्यस्तै उनले निष्कासित शिक्षक तथा कर्मचारीहरूलाई पूनर्वहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक/कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन/नियम र कानूनमा भएका प्रावधानहरु अक्षरंश पालना गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा ईस्टुका महासचिव भोलानाथ चालिसेले आफूहरुले अघि सारेका जायज माग पूरा गराउनको लागि आन्दोलनका कार्यक्रमलाई नयाँ उचाईबाट अघि बढाईने स्पष्ट पारे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *