• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पेरिसडाँडामा पहिलो पटक नेकपाको सचिवालय बैठक

ByHT

Sep 20, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।

यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । आजको बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *