काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी शुरु भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले निर्माण हुन लागेको टर्मिनल भवनको डिजाइन सार्वजनिक गर्दै निर्माणको तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले डिजाइनबारेमा सुझाव दिन पनि आग्रह गरेका छन् ।






