क्याप्टेन विजय लामाको कोरोना अनुभवः कोभिडलाई हल्का रुपमा नलिनु(भिडियोसहित)

Spread the love

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । सामाजिक संजालमा भिडियो पोष्ट गर्दै लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै चाँडै उडान भर्ने र विदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका हुन् ।

कोरोना संक्रमणपछि लामा स्टार अस्पतालमा उपचाररत छन् । उले फेसबुकमा लेखेका छन्, ‘डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेवल पनि घटेको अवस्था छ । एकदम जटिल अवस्थाबाट पार भई पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु । मेरो बिनम्र अनुरोध सबैमा…बिन्ती छ यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामन्य रोग होइन । यसले ज्यान लिन सक्छ।’

‘आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।’ लामाले लेखेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

२०७७ आश्विन ६, मंगलवार ०५:०२
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, तनहुँ र लमजुङमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।