सरकारले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने

Spread the love

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ स्वीकृत भएको भन्दै अब कार्यान्वयनमा जाने बताएका हुन् ।

आकस्मिक कार्ययोजनाले बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलव्धताको सुश्चिततामा जोड दिइएको मन्त्री पोखरेलले जानकारी दिए । त्यस्तै शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने बिषबस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाका लागि ढाँचा विकास, नमूना स्वअध्ययन सिकाइका सामाग्रीहरुको विकासलाई कार्ययोजनामा समेटिएको मन्त्री पोखरेलले बताए ।

कार्ययोजनाको कार्यान्वयन प्रक्रियामा तीनै तहका सरकारका साथै बिद्यालय, सामाजिक एवं गैह्सरकारी संस्थाहरु र नीजि क्षेत्रको अहम् भूमिका रहेको उनले बताए ।

कार्ययोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटको प्रवन्ध, स्रोेतमा साझेरीका लागि समन्वय, सामग्री विकास र व्यवस्थापन, अनुगमन लगाएतका समग्र सहजीकरणको काममा समेत संघीय सरकारको निकायको रुपमा शिक्षा मन्त्रालयले कार्य गर्ने मन्त्री पोखरेलले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. केसी ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज, शिक्षण अस्पताल भर्ना

२०७७ आश्विन ६, मंगलवार १३:४३
Spread the loveकाठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज भएका छन् । मंगलबार दिउँसो नेपालगंजबाट काठमाडौं ल्याएर जबजरजस्ती ट्रमा सेन्टरमा राखिएका डा. केसी साँझ स्वेच्छाले डिस्चार्ज भएका हुन् । ९ दिनअघि जुम्लामा अनसनरत केसी मंगलबार दिउँसो नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी  त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले […]