• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन राप्रपाको माग

ByHT

Sep 23, 2020
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चीनले नेपाली भूमिमा भवन बनाएको विषयको सत्यतथ्य छानविन गर्न माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बुधबार ट्वीट गदै नेपाली भूमि अतिक्रमण गरी चीनले भवन बनाएको भन्नेबारेमा तत्काल सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

साथै उनले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

थापाले लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्रीको ध्यान आकर्षित गर्दछु।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *