डा. केसीको जीवन रक्षा गर्न कांग्रेसको अपील

Spread the love

काठमाडौं । नेपाली कांग्रेसल डा गोविन्द केसीसँग तत्काल वार्ता शुरु गर्न र जायज माग पूरा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते केसीसँग सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने बताएका छन् ।

विज्ञत्तिमा भनिएको छ, डा. के.सी.को स्वास्थ्यमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

२०७७ आश्विन ७, बुधबार १२:२४
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रूपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको छ । न्यायाधीश आानन्दमोहन भट्टराइको इजलासले राष्ट्रियसभामा सांसद बनाइएका वामदेव गौतमलाई थप जिम्मेवारी नदिन आदेश जारी गरेको हो । आदेशमा ’संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादलाई यथास्थितिमा राख्न आवश्यक देखिँदा थप संवैधानिक जिम्मेवारी दिने […]