निर्वाचन स्थगित गरिएकोमा नेपाल निजामती कर्मचारी युनियनको आपत्ति

Spread the love

काठमाडौं । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन  गरी संघले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको आरोप लगाए ।

उनले निर्वाचन स्थगित गरिएकोमा आफूहरुको घोर आपत्ति रहेको पनि बताए । पोखरेलले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा नभएपनि यसरी चुनाव स्थगित हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको बताए ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा पुनः लकडाउनः स्वास्थ्य मन्त्रालय

२०७७ आश्विन ७, बुधबार ११:५०
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या […]

समाचार छुट्याे की?