कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिरको अभाव छैनः औषधि व्यवस्था विभाग

Spread the love

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको बताएका हुन् ।

सबै अस्पतालमा ती औषधिहरु रहेको भन्दै उनले उपचारमा प्रयोग हुने औषधिको गुणस्तरमा पनि ढुक्क हुन आग्रह गरे । कोरोनाका गम्भीर बिरामीलाई चिकित्सकको निगरानीमा र बिरामीको इच्छा बमोजिम मात्र रेम्डेसिभिर दिने गरिएको उनले बताए ।

रेम्डेसिभिर सरकारले तोकेका अस्पतालमा निःशुल्क पाइने जानकारी दिदै उनले रेम्डेसिभिरको प्रयोगले कोरोनाका जटिल बिरामीमा थप केही समस्या देखिएमा विभागमा जानकारी गर्न आग्रह गरे ।

महानिर्देशक ढकालले क्लिनिकल ट्रायलको रुपमा रहेको तर प्रमाणित भइनसकेको औषधिलाई विभागले अनुमति नदिएको र बजारमा पनि नपाइएको भन्ने गुनासो गर्नु उचित नभएको जिकिर गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण

२०७७ आश्विन ९, शुक्रबार १२:३६
Spread the loveकाठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिएकामा शुक्रबार कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा […]

समाचार छुट्याे की?