भियतनाम प्रहरीद्वारा प्रयोग भइसकेका तीन लाखवटाभन्दा बढी कन्डम बरामद

Spread the love

भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको छ । झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो ।

भिडियो फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ । प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा कण्डम फेला परेको हो । उक्त गोदामको मालिक भनिएकी एक महिलालाई पक्राउ गरिएको छ ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ । त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन् । अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

२०७७ आश्विन ९, शुक्रबार ०४:४०
Spread the lovemoreकाठमाडौं । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की र लमजुङमा गरी थप आठ जनामा संक्रमण पुष्टि भएको हो ।   more

समाचार छुट्याे की?