• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु

ByHT

Sep 26, 2020
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ । ती जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत उनमा छारे रोगको लक्षण देखिएपछि असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो । असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको निर्देशनालयले जनाएको छ ।

यससँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *