युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु

Spread the love

युक्रेनमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार विमान अवतरणका क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका युक्रेनका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

रुसी आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेका बताएका छन् । दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अझै जोखिम छ, तत्काल विद्यालय नखोल्नुस्ः शिक्षामन्त्री

२०७७ आश्विन १०, शनिबार ०५:१५
Spread the loveकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने […]