थप १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १५७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ पुरुष र एक महिला गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पीसीआर विधिबाट थप १०,१२३ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६,२८१ जना रहेका छन् । आइसोलेसनमा १९,०१९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप ८८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५३,८९८ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. केसीको जीवन रक्षाका लागि नागरिक अगुवाहरुको अपील

२०७७ आश्विन ११, आईतवार १०:४५
Spread the loveकाठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले आइतबार अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन् । केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका […]