नगरकोटस्थित वार कलेजमा सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु

Spread the love

काठमाडौं । भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आइतबारदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

तालिममा ३० जना महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने यो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो । कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालिम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंको टोखामा मात्रै आठ सय भन्दा बढी कोरोना संक्रमित

२०७७ आश्विन ११, आईतवार १६:४६
Spread the loveकाठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित […]