भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि विरामी रहँदै आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टी(भाजपा)का संस्थापक सदस्यमध्येका एक हुन् । आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।