विधिसम्मत पार्टी संचालन गर्न माग गर्दै देउवाविरुद्ध असन्तुष्ट २७ केन्द्रीय सदस्यको विरोधपत्र

Spread the love

काठमाडौँ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।

नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङलगायत पार्टी केन्द्रीय समितिमा सोमबार दिउसो विरोध पत्र दर्ता गराएका हुन् ।

पार्टी सभापति देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिद्वारा तेजाब नियमन र कारबाही सम्बन्धि अध्यादेश जारी

२०७७ आश्विन १२, सोमबार ०९:३६
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, […]

समाचार छुट्याे की?