काठमाडौंमा ७४७ सहित थप १५१३ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन महिला र सात पुरुष गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

पीसीआर विधिबाट थप १०,८९१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,७७८ जना रहेका छन् । आइसोलेसनमा २०,३९६ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५५,३७१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २१३ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारीबाट पार लगाउन भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग होस्ः प्रधानमन्त्री

२०७७ आश्विन १३, मंगलवार १०:४३
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ आँै महासभाका अवसरमा न्युयोर्कमा मंगलबार भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको […]