• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

ByHT

Oct 2, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट मकवानपुरको हेटौंडाका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटौंडाका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान साढे सात बजे मृत्यु भएको हो । स्वासप्रवासमा जटिल समस्या तथा निमोनियासमेत देखिएकोले अस्पतालको कोभिड आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटील हँुदै गएपछि भेन्टिलेटरमा राखी उपचारको सबै उपायहरु गर्दा गर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते राति अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *