• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अमेरिकी राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

ByHT

Oct 3, 2020
Spread the love

कोरोनासंक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ । उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ । आफूलाई कोरोना संक्रमण भएको घोषणा गरेको भोलिपल्टलाई उपचारका लागि सैनिक अस्पताल लगिएको हो ।

मास्क नलगाउन आग्रह गर्दै आएका ट्रम्प अस्पताल जाने क्रममा मास्क र सुटमा देखिएका थिए । सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन् ।

ट्रम्पलाई मध्यम प्रकारको ज्वरो आएको बताइएको छ । कोरोना महामारी सुरू भएदेखि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए । कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु भइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *