• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नागोर्नाे काराबाख युद्धमा अजरबैजानका तीन हजार सैनिकको मृत्यु

ByHT

Oct 3, 2020
Spread the love

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको थियो ।

तर सो देशले उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराएका छन् ।

आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भीषण सैनिक कारबाही शुरु गरेको हो ।विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् ।

यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने उनीहरुको अनुमान छ । आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली हतियारको प्रयोग गरेर विद्रोहीका आश्रयस्थलमा आक्रमण गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

यसैबीच, नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन वटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो । यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *