नेकपाको सचिवालय बैठक स्थगित

Spread the love

काठमाडौं । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

पछिल्लो समय राजदूतलगायतका राजनीतिक नियुक्तिमा पार्टीभित्र विवाद आएपछि अध्यक्षद्वयबीच सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो । भोलि बस्ने बैठकमा पार्टी एकीकरणमा बाँकी काम, सरकार पुनर्गठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाह बिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना सङ्क्रमित सुनसरीकी एक महिलाको मृत्यु

२०७७ आश्विन १७, शनिबार ०६:३३
Spread the loveधरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिएका छन् । उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड […]

समाचार छुट्याे की?