डा. केसीसँग वार्ता गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

Spread the love

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँगको वार्ताका लागि ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई समय दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो ।

उसले ७२ घण्टाभित्र केसीको जीवन रक्षाका निम्ति कुनै पहल नगरे जस्तोसुकै कठोर कदम चाल्न संघ बाध्य हुने चेतावनी दिएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी केसी भदौ २९ गतेदेखि आमरण अनशनमा छन् । तर यत्रो समय बितिसक्दा पनि सरकारले उनका माग सुनुवाई गर्न कुनै पहल गरेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश पाँचका मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

२०७७ आश्विन १८, आईतवार १२:१०
Spread the loveबुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीलाई लक्षित गरी बुटवलमा ढुङ्गा प्रहार भएको छ । आइतबार काठमाडौँबाट रुपन्देही आउँदै गरेका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो […]