• Sat. Oct 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

दक्षिण सुडानमा शान्ति स्थापनाका लागि नेपाली शान्ति सैनिकको टोली प्रस्थान

ByHT

Oct 5, 2020
Spread the love

काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । नियमित प्रक्रियाअनुसार आइतबार बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *