• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

ByHT

Oct 5, 2020
Spread the love

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चाल्र्स राइस हुन् ।

नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ । उक्त भाइरसले कलेजो क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो ।

यो भाइरसले अहिले पनि विश्वभरि सात करोड मानिस सङ्क्रमित छन् । नोबेल समितिले उक्त अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न अनि अलग्ग्याउन सकिएकाले ती वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाएको उल्लेख गरेको छ ।

त्यसरी भाइरसलाई अलग्ग्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटीस सी को सम्भावित सङ्क्रमण रोक्न सम्भव भएको उसको भनाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *