भरत दाहाल ।
०६३ सालपछि विदेशी दलालहरुले दाङ उपत्यकामा दंगीशरणले शासन गरेको तुल्सीपुदेखि दक्षिणतिरको ठाउँ वरिपरि प्रदेश राजधानी राख्ने भनेर थारु समुदायलाई प्रयोग गरे। राजधानीका रुपमा काम सञ्चालन गर्ने बेला बुटवललाई छनौट गरेर दाङदेखि कैलाली सम्मको दङाैरा थारु समुदायलाई असन्तुष्ट तप्काका रुपमा खडा गरे। अहिले देउखुरी ईलाकामा राजधानी राख्ने निर्णय गरेर लुम्बिनी अञ्चलका मानिसहरुको अर्को असन्तुष्ट तप्का खडा गरे। संघीयताको लक्ष नै मानिसहरुलाई विभाजित गरेर प्रयोग गर्नु हो।
जसले बुटवलमा राजधानी राख्न सर्वसम्मत निर्णय गरेका थिए, तिनैले देउखुरीमा सार्न पनि सर्वसम्मत निर्णय गरेका छन्। संघीयताको प्रयोगलाई नबुझ्नेहरुका लागि आफू बसेको ठाउँमा राजधानी बन्दा खुसि लाग्नु स्वाभाविक हो तर दलालहरुको यो खेल राजधानी राख्ने प्राविधिक कुरामा मात्र सिमित छैन। उनै मानिसहरुबाट फरकफरक समयमा फरकफरक प्रकारका कुराहरु गरेर काम गर्नुको मूख्य कारण हो, जनमत विभाजित गरेर विदेशीहरुलाई खेल्नका लागि द्वन्दको बिउ रोप्नु र नेपालमा अशान्ति फैलाईरहनु।
यो लिम्पियाधुराको नक्शा जस्तै रणनीति हो। संसदमा भएका दलालहरुले नक्शा पारित गर्ने, सरकार सञ्चालन गर्ने दलालहरुले नक्शा पारित भैसकेपछि प्रमाण जुटाउन समिति बनाउने र नापी विभागमा परिचालन गरिएका दलालहरुले सिमाना यकिन भैसकेको छैन भनेर प्रचार गर्ने। अन्त्यमा पारित भैसकेको नक्शा पुस्तकमा छाप्न नदिन ओलीले आदेश जारी गर्ने। विदेशीहरुले यस्ता विरोधाषपूर्ण कामकुरा गर्न लगाएर जुन बेला जुन तत्वहरुको बोलिलाई समातेर फाईदा लिन सकिन्छ, त्यही अनुसार अघि बढ्ने रणनीति बनाएर बोल्न लगाएका हुन्छन्।
विदेशी तलुवाहरुले मानिसहरुलाई यति मुर्ख बनाईरहेका छन् कि मूर्ख बनाईनेहरुले आफूलाई ठूलै विद्वान ठानिरहेका छन्। कोरोनाको त्रासबाट देश फर्केका नागरिकहरु खान नपाएर रुँदै विदेशमैं फर्किरहेका छन्, विदेशी दलालहरुले जनताले तिरेको करमा लुट मचाएर मोज गरिरहेका छन्। यस्तो बेला राजधानीका निम्ति होईन, जिल्लामा उद्योगधन्धाहरुको स्थापनाका लागि अपराधिहरुको घाँटी समात्नु पर्थ्यो। कृषिमा अनुदान र कृषि उत्पादनको बजारको ग्यारेन्टीका लागि यीनीहरुको ढाड भाँच्नु पर्थ्यो।