• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

ब्ल्याक होलको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

ByHT

Oct 6, 2020
Spread the love

ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन् ।

उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ । वेलायमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए । गेन्जेल र गेजले हाम्रो आकाश गंगाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए । सोमबार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो ।

ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिक शास्त्रमा उक्त पुरस्कार पाएका थिए । जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *